१९ राउण्ड गोलीसहित कुमार पक्राउ
पर्सा | साउन ८, २०८०
सांकेतिक तस्बिर
पर्सा: पर्सामा सर्ट गनमा प्रयोग हुने १९ राउन्ड गोलीसहित एकजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारतको बिहारस्थित पश्चिम चम्पारण, लगुन्नाहका २२ वर्षीय मुरारी कुमार छन् ।
आइतबार राति वीरगन्ज महानगरपालिका–८, भानुचोकबाट उनलाई नियन्त्रणमा लिइएको हाे ।
प्रहरीले जाँच गर्न खोज्दा आफूले बोकेको झोला फालेर उनी फरार भएका थिए । झोला तलासी गर्दा उक्त गोली फेलापरेको प्रहरीले जनाएको छ ।
तत्कालै जिल्ला प्रहरी कार्यालय पर्सा, वडा प्रहरी कार्यालय बिर्ता र वडा प्रहरी कार्यालय श्रीपुरबाट उनको खोजीमा संयुक्त टोली खटिएको थियो । वीरगन्ज महानगरपालिकास्थित प्रभु अस्पतालनजिकै भाग्दै गरेको अवस्थामा फेला पारी टोलीले उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...


